अस्ताए भजन शिरोमणि

अस्ताए भजन शिरोमणि

भजन शिरोमणि एवम् वरिष्ठ गायक भक्तराज आचार्यको निधन भएको छ । उनलाई उपचारका निम्ति ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको बताइएको छ ।

गायक आचार्यको शव भोलि अन्त्येष्टी गरिने जानकारी दिइएको छ । त्यसअघि भोलि बिहान स्वर्गीय आचार्यको शवलाई संगीत तथा नाट्य प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक स्रोतले बताएको छ । 

२०४६ सालमा आचार्यमाथि बौद्धमा आक्रमण भएपछि टाउकोमा गम्भीर चोट लागेको थियो । २०४९ सालमा उनको जिब्रोमा खटिरा देखियो र सोही कारण २०५० सालमा क्यान्सर पुष्टि भएपछि उनले गायनबाट विश्राम लिएका थिए । 

उनको ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देउ मायालु’, ‘सबै बेहोसी नशा पिएर’, ‘एकदिन मैले प्रभुसँग सोधेँ’, ‘तन मन वचनले’, ‘सब निदाए प्रभु’ लगायतका गीतहरु निकै चर्चित छन् । 

आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका छन् । वि.सं १९९९ असोज १६ गते जन्मिएका आचार्यका दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्य पनि नेपाली संगीतमै व्यस्त छन् ।
 

टिप्पणीहरू