भाइ छुटेलगत्तै विनोद चौधरी दिल्ली उडे

भाइ छुटेलगत्तै विनोद चौधरी दिल्ली उडे
सुन्नुहोस्

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा समातिएका कान्छा भाइ अरुण चौधरी रिहा भएलगत्तै कांग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी दिल्ली गएका छन् । 

उनी छोरा राहुललाई लिएर अहिले साँझ ५ बजे इण्डिगो एयरको जहाजबाट दिल्ली उड्न उडेको बुझिएको छ । तीन दाजुभाइ सगोलमा हुँदा १० रोपनी सरकारी जग्गा चौधरीहरुको स्वामित्वमा ल्याएको यस प्रकरणमा विनोदलाई समेत प्रहरीले बयानमा बोलाउन लागेको चर्चा थियो । 

आजै जिल्ला अदालत काठमाडौँको आदेशले अरुण हिरासतमुक्त हुनु र लगत्तै विनोदले देश छोड्नुलाई संयोग मात्र मान्न सकिंदैन । भाइ छुटेपछि ढुक्क भएका उनी आफू बयानमा जान नपरोस् भनेर दिल्ली गएको पारिवारिक स्रोतबाट बुझिएको छ।

टिप्पणीहरू