इञ्जिनियर हो, टाइपिष्ट हैन

इञ्जिनियर हो, टाइपिष्ट हैन
सुन्नुहोस्

२०८० माघ १४ गते ‘प्रेम राईलाई समेत प्रलोभन’ शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ ।

संवैधानिक निकायको प्रमुखको समेत मानमर्दन हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख माननीय प्रेम राईसँग जोडेर प्रमाणविहीन समाचार प्रकाशित गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सातौं तहको इञ्जिनियर पदबाट सेवा प्रवेश गरेको व्यक्तिलाई नेपाल सरकारको सामान्य टाइपिष्ट जागिरबाट सेवा प्रवेश गरेको व्यक्ति भनी व्यक्तिगत आत्मसम्मानमा ठेस पुर्‍याइएको छ ।

भ्रष्टाचार गरेमा वा अकूत सम्पत्ति आर्जन गरेमा छानबिन गर्ने नेपाल सरकारका विभिन्न निकाय हुँदाहुँदै आफू नै भ्रष्टाचार र अकूत सम्पत्ति छानबिन गर्ने निकाय भएजस्तो धारावाहिक रुपमा समाचार प्रकाशित गरी मलाई दोषी करार गरी प्रकाशित समाचारको खण्डन गरिएको छ ।

– ई. प्रदीप अधिकारी, महानिर्देशक
 

टिप्पणीहरू