कति महङ्गो भोज

कति महङ्गो भोज

चर्चित टर्किश सेफ सल्ट बेइ उर्फ नुसरत गोक्सीको एउटा पोस्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । रेष्टुराँमा एक पटक डिनर गरेको बिल ३ करोड ७२ लाख आएपछि गोक्सीले एउटा लामो बिलको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । उनको यो पोस्टले यतिबेला अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमहरुमा समेत निकै प्राथमिकता पाइरहेको छ । 

घटना दुबईको हो । गोक्सीले काम गर्ने रेष्टुराँमा केही दिनअघि एउटा समूह डिनर गर्न आएको थियो । डिनरपछिको बिल ६ लाख १५ हजार ६५ दिराम अर्थात नेपाली ३ करोड ७२ लाख आयो ।   बिलमा अर्डर गरिएको खानेकुराका परिकार र पेय पदार्थको मूल्य छुट्टा छुट्टै लेखिएको छ ।

रोचक प्रंसग त के छ भने,त्यो समूहले रेष्टुराँका कर्मचारीलाई टिप्सवापत् मात्रै नेपाली ३२ लाख ६६ हजार रुपैयाँ दिएको छ । त्यो समूहले बिलको फोटो र भिडियो शेयर गर्दै लेखेको पनि छ,'पैसा आउँछ,पैसा जान्छ ।' 

यो घटनालाई लिएर केही प्रयोगकर्ताले परिकारको महंगो मूल्यप्रति असन्तुष्टी र आक्रोश पोखेका छन् । कतिपयले डिनर गर्ने समूहलाई कटाक्ष गर्दै पैसाको बर्बादी भनेका छन् ।

टिप्पणीहरू