नेवाः युवायुवतीलाई १५ दिने धिमेनाच र धिमेबाजा तालिम

नेवाः युवायुवतीलाई १५ दिने धिमेनाच र धिमेबाजा तालिम

पोखरामा आयोजित धिमेनाच र धिमेबाजा तालिम सम्पन्न भएको छ । नेवाः मिसा पुच, कास्कीको आयोजना र पोखरा महानगरपालिका वडा नम्बर ३ को सहयोगमा १५ दिनअघि शुरु तालिम आजबाट सकिएको हो । 

तालिममा ४० जना नेवाः युवायुवतीको सहभागिता थियो । उनीहरुलाई विकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका हुन् । तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृति जोगाइराख्न सकेमा मात्र पहिचान कायम रहने बताए । 

त्यस्तै, उनले संस्कृति जोगाउने कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको सुनाए । यता, नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरामा पहिलोपटक धिमेनाच तालिम दिइएको बताए । नेवाः संस्कार र संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि तालिमको आयोजना गरिएको उनको भनाई छ ।

टिप्पणीहरू