यो कस्तो गुप्तचरी तालिम हो ?

यो कस्तो गुप्तचरी तालिम हो ?

राष्ट्रिय अनुसन्धान विभागको कमाण्ड योग्य र दक्ष गुप्तचरले गर्न नसकेपछि बाहिरी प्रशिक्षकहरूले डिआइजीसम्मलाई तालिम दिने मौका पाएका छन् । यस्ता प्रशिक्षकलाई गुप्तचर विभागले गृह, परराष्ट्र, कानुन र रक्षा मन्त्रालयबाट झिकाएर १० दिने तालिम सञ्चालन गरिरहेको छ ।

तालिममा सुदूरपश्चिमका इन्द्र लामा, लुम्बिनीका ओम खड्का, गण्डकीका कृष्ण खनाल, बाग्मतीका रामप्रसाद दास, कोशी प्रदेशका किशोर श्रेष्ठ, कर्णालीका माधव तिमिल्सिनासहित सहभागी छन् भने एसएसपीमा ललितपुरका भूमि पाठक, काठमाडौंका विकास पाण्डे र विभागका दुई गरी जम्मा ११ जनाले भाग लिइरहेका छन् । 

नक्कली र फर्जी गुप्तचरका कारण देशलाई चाहिने सूचना संकलन हुन सकिरहेको छैन । उपलब्धिहीन तालिममा सहभागी एक जना डिआइजीले भने काठमाडौँमा घर परिवारसँग बिदा मनाउने र पारिलो घाम ताप्ने अवसर तालिमले जुराएको टिप्पणी गरेको बताइन्छ । 
 

टिप्पणीहरू