१२ करोडको कण्डम किन्दा सरकारलाई २४ हजार फाइदा

१२ करोडको कण्डम किन्दा सरकारलाई २४ हजार फाइदा

नेपालमा पछिल्लो पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मंसिरसम्म १२ करोड दुई लाख रुपैयाँको कण्डम विदेशबाट ल्याइएको छ ।

सो अवधिमा एक करोड ९४ लाख वटा कण्डम नेपाल भित्रिएको हो । यसबाट राज्यकोषमा २४ हजार रुपैयाँ कर वापत दाखिला भएको छ । 

नेपालमा मुख्यतयाः चार देशबाट कण्डम आयात हुँदै आएको छ । भारतबाट १० करोड ९४ लाख रुपैयाँ बराबरको कण्डम भित्रिएको छ भने चीनबाट २२ लाख ४० हजार रुपैयाँको । कोरियाबाट ५२ लाख ४२ हजार तथा मलेसियाबाट ३३ लाख ४९ हजार बराबरको कण्डम नेपाल भित्रिएको विभागले जानकारी दिएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा नौ करोड २८ लाख ५८ हजार रुपैयाँको कण्डम आयत भएको थियो । त्यसमा दुई करोड ७४ लाख थान कन्डम ल्याइएको हो ।

टिप्पणीहरू