संकल्प यात्राको अनुभव सुनाउन पत्रकारलाई एमालेको निम्तो

संकल्प यात्राको अनुभव सुनाउन पत्रकारलाई एमालेको निम्तो
सुन्नुहोस्

नेकपा एमालेले हालै सम्पन्न संकल्प (मध्यपहाडी) यात्राको विषयमा सार्वजनिक जानकारी गराउने भएको छ । पर्सि आइतबार दिँउसो १ बजे पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी संकल्प यात्राबारे जानकारी गराउन लागिएको हो ।  

एमालेले गत मंसिर १४ देखि पुस २ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्पयात्रा’ गरेको थियो । यात्राका क्रममा बटुलेका विविध अनुभव, समीक्षा, प्रभाव र सन्देशको बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य पदाधिकारीहरु सहभागी हुने उनले जानकारी दिए ।

टिप्पणीहरू