एमाले छोडी राप्रपा रोजेका पूर्वसांसदलाई उपाध्यक्षको जिम्मेवारी

एमाले छोडी राप्रपा रोजेका पूर्वसांसदलाई उपाध्यक्षको जिम्मेवारी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै पार्टी प्रवेश गरेका पूर्वसांसद गोविन्द बिक्रम शाहलाई उपाध्यक्षको जिम्मेवारी दिएका छन् ।

पार्टीको बिधान बमोजिम नवप्रवेशी शाहलाई अध्यक्ष थापाले उपाध्यक्ष पदमा मनोनित गरेका हुन् । यसले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वाससमेत व्यक्त गरे ।

बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह गतसाता राप्रपा नेपालमा प्रवेश गरेका थिए । उनी जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् ।
 

टिप्पणीहरू