माओ जन्मेको दिन वैद्यका कार्यकर्ता रातो टोपी लगाएर काठमाण्डौमा

माओ जन्मेको दिन वैद्यका कार्यकर्ता रातो टोपी लगाएर काठमाण्डौमा

मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनले काठमाडौंमा वृहत मार्चपास गर्ने भएको छ ।

आगामी पुस १० गते माओ दिवसका अवसरमा हजारौं युवा परिचालन गरेर विशाल मार्चपास गर्ने सो पार्टीले जनाएको हो । रातो टोपी, ज्याकेट,झण्डा र ब्यानरसहित मार्चपासको लागि क्रान्तिकारी युवा संगठनले तयारी तीव्र पारेको बताइएको छ । 

शहरका विभिन्न चोकबाट निकालिने युवा मार्चपासलाई खुल्लामञ्चमा भेला पारेर नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संगठनले जनाएको छ । उक्त मार्चपासलाई अध्यक्ष वैद्य, प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कन्चन’, युवा नेता उदयबहादुर चलाउने ‘दिपक’ लगायतले सम्बोधन गर्ने बताइएको छ ।

टिप्पणीहरू