सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । 

न्याय परिषद्को सिफारिसमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज न्यायाधीश नियुक्त गर्नुभएको हो । 

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरुलाई न्यायाधीश नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

न्यायपरिषद्ले मंसिर ५ गते ६ न्यायाधीशको नाम सिफारिस गरी संसदीय अनुमोदनका लागि पठाएको थियो । आज दिउँसो संसदीय विशेष सुनुवाई समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नुभएको हो ।

टिप्पणीहरू