रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै

रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै

रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानले पाचौँ रोल्पा सिर्जना महोत्सवको अवसरमा कविता प्रतियोगिता गर्न लागेको हो । 

आगामी जेठ ११ र १२ गते लिवाङमा हुने कार्यक्रमको लागि आयोजकले कविता आह्वानसमेत गरिसकेको छ । जसका लागि इच्छुक प्रतियोगीहरुले बैशाख ३० गतेभित्र [email protected] मा कविता पठाउनुपर्ने छ । 

प्रतियोगितामा प्रथम हुनेले ४० हजार, दोस्रोले ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वना हुने दुई जनाले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । 

महोत्सवमा कविता प्रतियोगितासँगै भिभिन्न बहसका सेसनहरु पनि राखिएको आयोजकले जनाएको छ ।

टिप्पणीहरू