दुई दर्जन ठेकेदारलाई सरकारको एक हप्ते पूर्जी
ठेक्का ओगटेर निर्धारित समयमा काम सम्पन्न नगर्ने दुई दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले स्पष्टीकरण सोधेको छ ।
प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने २३ निर्माणकर्तालाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण मागेको हो । तोकिएको समयमा चित्तबुझ्दो स्पष्टिकरण नदिए उनीहरुलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।
स्पष्टीकरण मागिएका ठेकेदार कम्पनीमा ईसा कन्स्ट्रक्सन, शिवाणी इन्टरप्राईजेज, एचएण्ड जे ट्रेडर्स, जीसी ब्रदर्स कन्स्ट्रक्सन, प्रशंसा कन्स्ट्रक्सन, ऊर्जा-कुशभ जेभी, युआरसी कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा छन् ।
त्यस्तै, चन्द्र सूर्य निर्माण सेवा, देउतीबज्यै निर्माण सेवा एण्ड ढुवानी सेवा, आयुष निर्माण सेवा तथा महादेव अर्डर सप्लायर्स, भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभी, मैनाचुली-सिद्धिसाई प्रकाश जेभीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
कार्यालयले देवनारायण पवन-मैनाचुली-खम्पाचे जेभी, देउती कन्स्ट्रक्सन प्रालि, एडभेन्चर-जेवी जेभी, शंकरमाली निर्माण प्रालि, बराह निर्माण सेवा, दिपमाला निर्माण सेवा, विभोर निर्माण सेवा, बिएस भैरवशक्ति निर्माण सेवा जेभी र युसब कन्स्ट्रक्सनलाई समेत स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए यी निर्माण व्यवसायीलाई कानूनबमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने स्पष्टिकरण पत्रमा उल्लेख छ ।
टिप्पणीहरू