जीवन बिमा गराउने काम किन घट्दैछ ?

जीवन बिमा गराउने काम किन घट्दैछ ?

निनाम लोवात्ती

चालु आर्थिक वर्षको साउन महिनामा जीवन बिमा कम्पनीको सक्रिय बिमा लेख (एक्टिभ इन्स्योरेन्स पोलीसी) सवा एक लाख अर्थात् एक लाख १५ हजार ७८१ ले कमी आएको छ । असार अन्तिममा जम्मा एक करोड ४१ लाख ३७ हजार ३२१ थियो भने साउन मसान्तसम्म एक करोड ४० लाख २१ हजार ५४० मा झरेको छ । यस्तो हुनुमा मुख्य कारण भनेको बीमितले अनेकौं कारणले गर्दा आपूmले गरेको जीवन बिमाकोे प्रिमियम तिर्न नसकेर सदाका लागि त्याग्नु (सरेण्डर गर्नु) हो । 

हुन पनि यसबीच जीवन बिमा गर्ने बीमित मात्रै घटेको नभएर जीवन बिमा गराउने एजेन्ट पनि स्वात्तै घटे । किनभने गत वर्षसम्म ७ लाख ६८ हजार हाराहारीमा जीवन बिमा एजेन्टले लाइसेन्स लिएका थिए । त्यत्तिका एजेन्ट कहाँ हराए, किन हराए, कसरी हराए ? प्राधिकरणले २०८० को असार मसान्तसम्म जीवन बिमा क्षेत्रमा लागेका एजेन्टले आफ्नो लाइसेन्स नवीकरण नगरे स्वतः खारेज हुने सूचना जारी गरेको थियो । बिमा ऐन–२०७९ लागू हुनुअघि नेपालमा जीवन बिमा एजेन्ट बनेका, लाइसेन्स लिएका र नवीकरण गरेका एजेन्टको जम्मा संख्या एक लाख ७४ हजार थियो भने एक लाख २९ हजार मात्रै लाइसेन्स नवीकरण गरेका थिए ।

वि.सं. २०७९ मा पनि तत्कालीन राष्ट्रिय बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण) ले सबै अभिकर्तालाई लाइसेन्स नवीकरण गर्न असोज मसान्तसम्मको म्याद दिएर ताकेता गरेको थियो । त्यसो गर्दा पनि सो वर्ष विभिन्न कम्पनीमा कार्यरत आधाभन्दा केही बढी (५८ प्रतिशत) ले मात्रै लाइसेन्स नवीकरण गरेका थिए । पछिल्लो समाचारअनुसार गत आर्थिक वर्षभन्दा यो पालि लगभग २३ प्रतिशतले जीवन बिमा गर्नेको संख्या घटेको छ ।

यसरी सुखदुःखको साथी अथवा भनौं अपरझट भर–अभर आइपर्दा निश्चित समय अवधि काटेपछि सस्तो ब्याज दरमा ऋृण लिन सकिने र जीवनमा आइपर्ने आर्थिक संकटलाई टार्न सकिने एक सुरक्षित माध्यम जीवन बिमा गर्ने मानिसको संख्या बढ्दै जानुपर्नेमा घट्दै जानुको अर्थ के हुन सक्छ ? 
 

टिप्पणीहरू