रानीपोखरीमा भाइटीका लगाउनेको भिड

रानीपोखरीमा भाइटीका लगाउनेको भिड

काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा तिहारको टीका लगाउनेको भिड बढेको छ । बिहानैदेखि मन्दिर खुला गरेपछि दिदीबहिनी तथा दाजुभाइ नहुनेहरु टीका लगाउन पुगेका हुन् ।

भाइटीकाका दिन मात्रै खुल्ने यसै मन्दिररमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले पूजा, दर्शन गरेर टीका लगाउने गर्दछन् । 

उता काष्ठमण्डपमा दाजुभाइ नहुनेका लागि अञ्जली दिदीले टीका लगाउने कार्यक्रम राखेकी छन् । उनले टीका लगाउन शुरु गरेको २५ वर्ष पुगेको छ ।

टिप्पणीहरू