उता मान्छे मर्ने, यता डिआइजी घुुर्ने

उता मान्छे मर्ने, यता डिआइजी घुुर्ने

प्रदेश हाँक्ने हाकिमहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ नलिँदा स–साना दुर्घटनामा समेत ठूलो क्षति व्यहोर्नुपर्ने खतरा पैदा भएको र घटना घटेर सामसुम भइसक्दासमेत डिआइजीहरू क्वार्टरमै निदाइरहेको पाइएको छ । सन्दर्भ हो, बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहको काण्ड । हालै मात्र त्यहाँ एकदमै अप्रिय घटना घट्यो । प्रदेश प्रहरीको नेतृत्वले नै घटनाबारे सबैभन्दा अन्तिममा थाहा पायो । गत असोज ५ गते सुधार गृहमा लफडा भयो । विभिन्न अपराधमा सजायँ काटिरहेका बालबालिकाबीच झडप हुँदा एक जनाको ज्यान गयो । यता, १० जना गम्भीर घाइते भए । 

बन्दीहरू सोही मौकाको फाइदा उठाउँदै भागे । तोडफोड, आगजनीले स्थिति तनावग्रस्त बन्यो । घटनालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरियो । सशस्त्र प्रहरीको टोली पनि पुग्यो । बन्दीहरूले प्रहरीमाथि नै आक्रमण गरे । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । रातको समय त्यति ठूलो घटना हुँदासमेत लुम्बिनी प्रदेश प्रमुख उमेशराज जोशीले थाहा पाएनन् । बुटवलस्थित क्वार्टरमा रहेका उनलाई फोनबाट जानकारी गराइयो । निद्राको सुरमै बोलेका उनले जानकारी त पाए तर, घटनास्थलतिर गएनन् । भोलि बिहान १० बजेसम्म पनि नआएपछि अपरेशन एआइजीले फोन गर्दा बल्ल भालुवाङ आइपुगेको बताएका थिए । 

‘बाँकेमा राति त्यत्रो घटना भयो । उहाँले थाहा पाउनुभएन छ । बुटवल जानुभएका उहाँलाई फोन गरेर जानकारी गरायौं । मस्त निद्रामा हुनुहुँदो रहेछ । आउनुहुन्छ होला भनेर बाटो हेरिरह्यौं, भोलिपल्ट बिहान फोन गर्दा त भालुवाङ आइपुगेको भन्नुहुन्छ । घटना नियन्त्रणमा लिएपछि आएर के फाइदा ? यस्ता त प्रहरी प्रमुख छन्, के भन्ने ?’, – सशस्त्रका त्यही क्षेत्र हेर्ने डिआइजी अभिकुमार खत्रीले बताए । सुधार गृहमा एक बन्दीले ज्यान गुमाउँदासमेत उनलाई कुनै फरक नपरेको ती अधिकृतको भनाइ छ । आफूभन्दा जान्नेबुझ्ने कोही नभएको घमण्ड गर्दै आएका उनको क्षमतामाथि प्रहरी संगठनभित्र औंला उठाउन थालिएको छ । जन्मेदेखि चाँदीको चम्चाले खाएको भनी धाक देखाउने उनले अरुले मिहिनेत गरेको कामलाई समेत आफ्नो भनी ‘ट्याग’ दिँदै आएका छन् । एमएस्सी पास गरेर प्रहरी सेवामा छिरेका उनी शेरबहादुर देउको जिल्ला डडेल्धुराबासी हुन् । 

जिल्लाबासीलाई काखा, अरुलाई पाखा

सुदूरपश्चिम प्रदेशका डिआइजी भरतबहादुर बोहोरा पनि काम गर्नभन्दा  काखापाखा लगाउनमै व्यस्त छन् । अछामका बोहराले आफ्ना जिल्लावासीलाई छानिछानी सरुवा र बिदा दिने गरेको गुनासो छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले काठमाडौंको एसएसपीसमेत बनाएका उनी बीचैमा झिकिएका थिए । 
 

टिप्पणीहरू