हमासले गरेको इजरायल आक्रमणमा नौ नेपाली विद्यार्थी घाइते

हमासले गरेको इजरायल आक्रमणमा नौ नेपाली विद्यार्थी घाइते
सुन्नुहोस्

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली विद्यार्थी परेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

ती विद्यार्थी दक्षिण इजरायलको किबुजस्थित कृषि फार्ममा कार्यरत थिए । हमासले सो क्षेत्रलाई आफ्नो कब्जामा लिएको छ । विद्रोहीका कारण उद्धारमा समस्या उत्पन्न भएको छ । 

गैरआवासीय नेपाली संघ इजरायल र तेलअभिभस्थित नेपाली दूतावासले त्यहाँका नेपालीलाई सुरक्षा अपनाउन सल्लाह दिएको छ ।

टिप्पणीहरू