सेनाले निशुल्क नाडी छाम्न थाल्यो

सेनाले निशुल्क नाडी छाम्न थाल्यो

नेपाली सेनाले रुकुम पश्चिममा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छ।

चण्डीदल गण सल्लेले स्वास्थ्य सेवा कार्यालय, चौरजहारी अस्पताल, आँखा उपचार केन्द्र र साझा मुराल अस्पतालसँगको सहकार्यमा आज शनिबार सल्लेमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको हो।

मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले संयुक्त रुपमा स्वास्थ्य शिविरको शुभारम्भ गर्नुभएको हो ।

भूतपूर्व तथा बहालवाला सैनिक र आश्रित परिवारलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख सेनानी बरुण केसी खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरबाट १२५ जनाले सेवा सेवा लिएका छन् भने २२ जनालाई निशुल्क चस्मा र अन्यलाई निशुल्क औषधि बितरण गरिएको छ ।

शिविरमा नाक,कान, घाँटी,हाडजोर्नी,पेट, छाला,महिला तथा स्त्री रोगसम्बन्धी उपचार सेवा विशेषज्ञ डाक्टरबाट प्रदान गरिएको प्रमुख सेनानी खत्रीले बताउनुभयो । उहाँका अनुसार शिविरमा जिल्ला अस्पताल, चौरजहारी अस्पताल, साझा मुराल अस्पताल र नेपाली सेनाको १९ नम्बर बाहिनी दाङमा कार्यरत विशेषज्ञसहितको टिमले सेवा दिएको थियो ।

शिविरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सेवा लिएका छन् ।  शिविरमा स्वास्थ्य परीक्षण गर्दा अधिकाँशमा हाडजोर्नी र आँखाको समस्या देखिएको बताइएको छ ।

यस्तै सेनाले सञ्चालन गरेको निःशुल्क शिविरबाट आश्रित परिवारले समेत सेवा लिन पाएको भूतपूर्व सैनिक संघ रुकुम पश्चिमका अध्यक्ष तेजबहादुर चन्दले जानकारी दिनुभयो । लामो समयसम्म देशको सेवा गरेर सेनाको तर्फबाट यस्ता सेवामूलक काम हुँदा आफूलाई गौरव लागेको उहाँको भनाइ छ।

टिप्पणीहरू