इन्द्रजात्रा हेर्न विशिष्ट व्यक्तिहरु हिँडेरै पुगे वसन्तपुर

इन्द्रजात्रा हेर्न विशिष्ट व्यक्तिहरु हिँडेरै पुगे वसन्तपुर

राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेर वसन्तपुरमा पुग्नुभएको छ । वसन्तपुरमा आयोजित इन्द्रजात्रा पर्व हेर्न उहाँ जुद्ध शालिकदेखि हिँड्दै त्यहाँ जानुभएको हो । 

राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत पनि हिँडेर वसन्तपुर गएका छन् । 

धैरै भिडभाड हुने स्थानमा सवारीसाधन लैजाँदा नागरिकलाई सास्ती हुने भएकाले राष्ट्रपति हिँडेर जात्रास्थल पुगेको उहाँको सचिवालयले जनाएको छ । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेकाले पनि विशिष्ट व्यक्तिहरु हिंडेरै जात्रा हेर्न जानु परेको हो । 

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा मनाइँदैछ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति पौडेलले कुमारी रथयात्राको अवलोकन गर्नुहुनेछ ।

टिप्पणीहरू