परोपकारमा अब अनलाइन टिकट

परोपकारमा अब अनलाइन टिकट

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पातलमा अब अनलाइनबाटै टिकट लिन सकिने भएको छ । ६४ औं वार्षिकोत्सवको अवसर पारेर अस्पतालले आजदेखि उक्त सेवा सुरु गरेको हो । 

 बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था गरेको अस्पतालले जनाएको छ । साथै, थप एक–एक वटा बिलिङ र टिकट काउन्टरसमेत विस्तार गरिएको छ । 

अस्पतालले सेवाग्राहीका लागि औषधि खरिदमा समेत सहज गराउन फार्मेसी काउन्टरसमेत थप गरेको छ ।
 

टिप्पणीहरू