नयाँ तीज गीत चर्चामा, मौलिक रहेको गायकको दाबी

नयाँ तीज गीत चर्चामा, मौलिक रहेको गायकको दाबी
सुन्नुहोस्

वर्षदिनको तीजमा आयौ छोरी माइत 
तिम्री आमा देखेजस्तो भयो मलाई त 
आए बाबा खुशी हुदै हात र पाउले टेकेर 
भुईंमा खुट्टा छैनन् आज बाबा भेटेर

यस्तै यस्तै पिर र वेदना बोकेको मौलिक तीज गीत यति मिठो शब्द संगीतले भरिपूर्ण रहेकाले अहिले चौतर्फी चर्चामा छ । उक्त गीत चार दिनमै युट्युबमा एक लाख दर्शकले हेरिसकेका छन् । तीन हजारभन्दा बढीले यसमा टिकटक बनाएका छन् ।

गायक तथा सर्जक मोतिराज खनाल र मोडल सविन खड्काले यो वर्ष पनि संयुक्त रुपमा तीजको कोशेली लिएर आएका छन् । सदाझैं यसपालिको तीजमा पनि निकै मार्मिक र मर्मस्र्पर्शी तीज गीत मोतिराज खनाल अफिसियल युट्युबबाट बजारमा आएको जानकारी दिइएको छ । 

गायक खनालकै शब्द तथा गीता पराजुली खनालको संगीत रहेको तीज गीतमा मोतिराज, गायिका भूमिका बयक र इन्द्रेणी कार्यक्रमका गायक छत्र शाहीको प्रस्तुति छ । 

छाडा र उत्ताउला तीज गीतका कारण समाजमा विकृति फैलिरहेको समयमा खनालले तीजमा गाइने लोक भाकालाई समेटेर अत्यन्त रमाइलो र मार्मिक म्युजिक भिडियोसहित तीजगीत बजारमा ल्याएका हुन् । 

इन्द्रेणीका चर्चित गायक छत्र शाही, मोतिराज खनाल र भूमिका बयकले मिठासपूर्ण तरिकाले गाएर दर्शकको मन जितेका छन् । त्यस्तै, म्युजिक भिडियोमा शिवजी क्षेत्री र आरुशी मगरको नृत्यले दर्शकलाई आकर्षण गरेको बताइन्छ ।

अभिनयतर्फ सविन खड्का, प्रदिप खड्का र सुप्रिया हमालको दमदार प्रस्तुतिले बेलाबेलामा दर्शकलाई भावह्वल बनाउने गरेको देखिन्छ । आमा नहुँदा तीजमा माइत जाँदा चेलीलाई कति पीडा हुन्छ भनेर कलाकारहरुले गीतमार्फत प्रस्तुत गरेका छन् ।

शिवजी क्षेत्रीको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको छायाङ्कन दुर्गा श्रेष्ठले गरेका हुन् । एरेञ्ज, मिक्सिङ र रेकर्डिस्ट रुविन मगर रहेको गीत मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 

गीतकासाथै खनाल टेली सिरियलसँग पनि आबद्ध छन् । काउकुती, आलु, छिमेकी हुँदै अहिले बाह्रमासे सिरियलमा खनाललाई देख्न सकिन्छ । गीतसंगीत, कलाकारिता क्षेत्रमा निरन्तर लागेका उनले मञ्जरी डिजिटल रेकर्डिङ स्टुडियासमेत साथीहरुसँगै सहकार्यमा सञ्चालन गरेका छन् ।

https://youtu.be/ewGAW7ganDU?si=9wbgs7gF1EDsPoe0
 

टिप्पणीहरू