चिनियाँ र हिन्दीमा पढाउन थालौँ

चिनियाँ र हिन्दीमा पढाउन थालौँ

गत मे महिनामा चीनको मध्यप्रान्त हुनानमा घानाकी सरकारी इञ्जिनियर देबोरा एद्जैसँग भेट भयो । नेपाल र घाना (उनीहरूको भाषामा चाहिँ गाना)को बारेमा एक महिनाका विभिन्न भेटमा दुई देशबीचबारे जानकारी आदानप्रदान भयो । उनले भाषाबारे सुनाएको कथा रोचक लाग्यो । देबोराले घानामा अंग्रेजीसँगै विद्यालय र विश्वविद्यालयमा फ्रेञ्च भाषा पनि पढाइने बताइन् । ‘अंग्रेजी जानेपछि किन फ्रेञ्च चाहियो’ भन्ने स्वाभाविक प्रश्न राखेँ । जवाफमा भनिन्, ‘हाम्रो देशको औपचारिक भाषा अंग्रेजी नै हो । तर, हाम्रा छिमेकीहरू आइभरी कोस्ट, बुर्किना फासो र टोगो सबैले फ्रेञ्च बोल्छन् । छिमेकीसँग संवाद गर्न पनि फ्रेञ्च सिक्न आवश्यक छ । ’

इञ्जिनियर देबोराको भाषाकोे कुरा रोचक लागेर बेइजिङमा भेटिएका घानाकै सरकारी समाचार एजेन्सीका सिनियर रिपोर्टर कोजो एडन्स्लाई सोधेँ । उनेले भावुक उत्तर दिए । भिडियो कुराकानीमा भने, ‘मलाई अंग्रेजी मात्रै आउँछ । मेरा सन्तानलाई चाहिँ फ्रेञ्च पनि सिकाउने सोच छ । ’ 

देबोरा र कोजोको देश घानाले त्यो भाषा पढाइरहेको छ । जुन भाषा अहिले कतिपय देशले हटाइरहेका छन् । जस्तो मालीले जनमत संग्रह गरेर फ्रेञ्च भाषालाई आफ्नो औपचारिक भाषाबाट आउट गर्‍यो । अल्जेरियाले पनि फ्रेञ्चलाई अंग्रेजीले विस्थापित गरिसकेको छ । तर, घानाले भने फ्रेञ्चप्रति माया गरेको छ । छिमेकीसँगको सञ्चारदेखि व्यापारका लागि यस्तो काम गरेको छ घानाले । 

नेपालमा पनि घाना मोडल लागू गर्न सकिन्छ । विद्यालयदेखि विश्वविद्यालयमा चिनियाँ र हिन्दी भाषातिर जोड गर्न सकिन्छ । चीनका ६ विश्वविद्यालयले नेपाली र नेपालका दुई विश्वविद्यालयले चिनियाँ भाषा पढाउँछन् । काठमाडौँमा हुनेखानेका सन्तान पढ्ने विद्यालयले चिनियाँ भाषा पढाएकै छन् । तर, जनस्तरमा त्यो पहलकदमी भएको छैन । हिन्दी भाषा रेडियो नेपालको समाचारको भाषादेखि विश्वविद्यालयको विभागसम्म छ । तर, त्यसलाई पनि आमचासो हुने गरी प्रवद्र्धन भने गरिएको छैन । 

अब नेपालले दुई छिमेकीको भाषाको अध्ययनलाई प्रवद्र्धन गर्न आवश्यक छ । दुई देशको सञ्चारमा दुई देशकै भाषा प्रयोग गर्न आवश्यक छ । भारत भ्रमण गर्दा नेपाली र हिन्दी प्रयोग सुन्दर पनि हुन्छ । प्रधानमन्त्री प्रचण्डको भारतको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको पत्रकार सम्मेलन हैदरावाद हाउसमा भयो । भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा बोले । हिन्दी सिनेमा हेरेका र हिन्दीसँगको एकै सभ्यताको भाषा भएको नेपाली भाषा बोल्ने नेपालीले मोदीको कुरा मज्जाले बुझे । नेपाली प्रधानमन्त्री प्रचण्डले अंग्रेजीमा बोले । यो खराब कुरा होइन । तर, नेपालीमै बोलेको भए अझ सुन्दर हुन्थ्यो । बरु नेपालीको हिन्दी अनुवादक राखेर भारतीयलाई बुझाउन सकिन्थ्यो । केही समयअघिको राजकीय अमेरिका भ्रमणमा मोदीले हिन्दीमा ह्वाइट हाउसमा बोले ।

अंग्रेजी अनुवाद गरियो । मोदीले अंग्रेजी नजानेर होइन आफ्नो भाषाको माया गरेर हिन्दी बोलेका थिए । सन् २०१४ मा संयुक्त राष्ट्रसंघ पुग्दा हिन्दीमा बोलेका मोदी अहिले पनि हिन्दीमै बोल्छन् । भारतको राष्ट्रिय भाषाको मान्यता पाएको र नोटमैैैैैैैैैै भएको भाषा नेपाली नेताले औपचारिक भाषाको रूपमा कूटनीतिक मञ्चमा प्रयोग गर्न सकिन्छ । भारतसँग नेपाली बोल्नु हिनताबोध होइन । अतिरिक्त आत्मीयता हो । यसले गर्दा करोडौँले बुझ्छन् पनि । नेपाल र भारतको संवादमा नेपाली र हिन्दी नै महत्वपूर्ण हुन् । अंग्रेजी बोल्दाभन्दा नेपाली र हिन्दी बोल्दा बहुसंख्यकले बुझ्ने भएकाले त्यो राम्रो हो । 

नेपाली केही वर्ष काम गर्न इजरायल जाँदा हिब्रु सिकेर जान्छन् । जापान जाँदा जापानी र कोरिया जाँदा कोरियाली सिक्छन् । इजरायल, जापान र कोरिया त हाम्रा आकाशे छिमेकी हुन् । 

उसो त नेपाल र चीनले दुर्र्र्र्र्र्र्र्र्ई देशका मात्रै भाषा प्रयोग गरेका उदाहरण छन् । जस्तोः चिनियाँ राष्ट्रपति सि चिनफिङ सन २०१९ मा नेपाल आउँदा नेपाली र चिनियाँ भाषा प्रयोग भयो । धेरै नागरिकले कुरा बुझे । त्यही कुरा चिनियाँ र अंंग्रेजीमा बोलिएको भए, त्यो स्तरको जानकारी हुने थिएन आमनागरिकलाई । सिको नेपाल भ्रमणताका प्रयोग भएको भाषा अब नेपाली नेताले भारतसँग पनि प्रयोग गर्न आवश्यकता छ । सबै मञ्चमा त्यसो गर्न जरुरी छ । 

भारतसँगको औपचारिक मञ्चमा नेपाली र हिन्दी प्रयोग गरेमा आफैँ राम्रो देखिन्छ । त्यसका लागि हिन्दी बुझाउन भारतीय चलचित्र, कलादेखि संस्कृतिबाहेक हिन्दी पठनपाठनका विषय अनिवार्य वा अतिरिक्त विषयका रूपमा विद्यालय तहबाटै प्रयोग गर्न आवश्यकता छ । सन् २०१४ मा नेपाली प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसंघमा बोल्दा भारतलाई स्थायी सदस्यको रूपमा मान्यता दिन भनेका थिए । त्यो लाइन अहिले विश्वका धेरै देशले लिएका छन् । भारत अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । पर्चेजिङ पावर प्यारिटीको कोणमा त तेस्रो ठूलो हो । जनसंख्यामा एक नम्बर हो । संयुक्त राष्ट्रसंघ पुनःसंरचनाको कुरा अगाडि आएको छ । त्यो पूरा भएमा भारत, जापानदेखि ब्राजिल आदि स्थायी सदस्य हुने माहोल आउनेछ । बेलायतबाट स्वतन्त्रता पाएको ७७ बर्षमै भारत यो तहमा आएको छ । यो गति बढ्दो छ । त्यसैले भारतको विकासबाट लाभ लिन भारत मात्रै होइन भारतीय छरिएकोे विश्वभर हिन्दी सिक्न सिकाउन आवश्यक छ । 

चिनियाँ त झनै आवश्यक छ । सातौँ शताब्दीबाट नेपाल र चीनको राज्य तहमा हिमचिम भएको हो । चीन अहिले विश्वको दोस्रो ठूलो जनसंख्या र अर्थतन्त्र हो । पर्चेजिङ पावर प्यारिटीमा त एक नम्बर हो । नेपालसँग सात शताब्दीबाट शुरु भएको राज्य तहको सम्बन्ध भएको तथा १४१४ किलोमिटर भन्दा लामो सँधियारी भएको चीनबारे नेपालले बुझ्न आवश्यक छ । आगामी दशकमा विश्वको एक नम्बर महाशक्तिको रूपमा हेरिएको चीन एशियाको एक्लो भिटो पावर भएको संयुक्त राष्ट्रसंघको सदस्य मुलुक हो । एक्काइसौँ शताब्दीमा मात्रै चीनसँग जोडिएका देशले समेत चीन पढ्न चिनियाँँ भाषामा लगानी गरेका छन् । नेपाल त सातौँ शताब्दीबाट जोडिएको देश भएर पनि त्यो मामिलामा कमजोर छ । 

आज मूलधारका दल, कूटनीतिकदेखि पत्रकारिता क्षेत्र हुँदै व्यापारिक बृत्तमा पनि चिनियाँ भाषाका जानकारहरू धेरै छैनन् । हजारौँ, लाखौँ चिनियाँ बुझ्ने नेपाली हुनुपर्नेमा त्यो अवस्था छैन । चिनियाँ भाषाको व्यापक प्रवद्र्धन नहुँदा यस्तो भएको छ । अब अनलाइनबाट कुनै एक स्थानमा पढाएर देशभरका नमुना विद्यालय तहमा मात्रै पनि दैनिक वा साप्ताहिक चिनियाँ भाषा कक्षामा स्थानीय तथा प्रदेश अनि संघ सरकार मिलेर कक्षा चलाउन सक्छन् । विद्यालय तहमा चिनियाँ विषय हालेर एकै शिक्षकबाट बहुविद्यालयमा पढाउने आकर्षक भर्चुअल कक्षा चलाउन सकिन्छ । यसो गर्दा दरबन्दी र अरु तनाव हुन्न । आर्थिक बोझ कम हुन्छ । चीनसँग सीमा जोडिएका जिल्लाका र देशभरका मुख्य व्यापारिक तथा पर्यटकीय क्षेत्रमा यसलाई नमुनाको रूपमा चलाउन सकिन्छ । विश्वले जान्न खोजेको चीन नेपालसँगैैैैैैैैै उत्तरी अढेस लागेर बसेको छ । तर, चीन चिन्न अहिले पनि नेपालीहरूले अंग्र्र्र्र्र्र्र्र्र्र्रेजी भाषाकै सामग्रीमा भर पर्नुपरेको छ । यो हुनुको कारण जनशक्ति अभाव हो । जनशक्ति अभाव हुनुको जरो कारण विद्यालय तहबाटै व्यापक रूपमा पठनपाठन नहुनु हो । 

आज नेपाली केही वर्ष काम गर्न इजरायल जाँदा हिब्रु सिकेर जान्छन् । जापान जाँदा जापानी र कोरिया जाँदा कोरियाली सिक्छन् । इजरायल, जापान र कोरिया त हाम्रा आकाशे छिमेकी हुन् । भारत र चीन त सधैँ सँधियारी हुन् । यी दुई छिमेकी तथा शक्ति राष्ट्रसँगको निकटता बढाउन, आत्मीयता बढाउन र जनस्तरमा सम्बन्ध झनै सुधार्न त्यही नीति लिन आवश्यकता छ जुन घानाले लिएको छ । नेपालका भारतसँग भएका समस्या भारतीयमाझ पु¥याउन र चीनसँग भएका समस्या चिनियाँसँग सहज राख्न पनि यी दुई देशका भाषा सिक्न–सिकाउन अत्यावश्यक छ । विश्वको पहिलो र दोस्रो ठूलो जनसंख्याको भाषा जान्नु सानो उपलब्धि पनि होइन । हामीलाई त्यसको फाइदा मात्रै हुनेछ ।
 

टिप्पणीहरू