भक्तपुरमा नेपाल–पाकिस्तान महोत्सव

भक्तपुरमा नेपाल–पाकिस्तान महोत्सव
सुन्नुहोस्

भक्तपुरमा आयोजित नेपाल–पाकिस्तान महोत्सव सम्पन्न भएको छ । गत बुधबारदेखि भएको महोत्सव आज सकिएको छ ।

महोत्सवमा ३० वटा विद्यालयका सात सयबढी विद्यार्थीले भाग लिएको बताइएको छ । उनीहरुले निवन्ध लेखन, हस्तलेखन, चित्रकला प्रतियोगित र सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । 

समापन समारोहमा काठमाडौंस्थित पाकिस्तानी दूतावासका कार्यवाहक राजदूत उमैर अलि प्रमुख अतिथि र विशेष अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी उपकुलपति निशा शर्मा पोखरेलले विजेताहरुलाई पुरस्कार वितरण गरेका हुन् ।

महोत्सव पाकिस्तान दूतावासको सहयोगमा एसियाली अध्ययन केन्द्र र महाकाली नृत्य परिषदले आयोजना गरेका हुन् ।

टिप्पणीहरू