आँखा पाक्ने रोगले गोकर्णेश्वरका स्कुल चार दिन बन्द

आँखा पाक्ने रोगले गोकर्णेश्वरका स्कुल चार दिन बन्द

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आगामी चार दिन विद्यालय बन्द गराउने भएको छ । 

नगरपालिकाले एक सूचना प्रकाशित गर्दै भोलिदेखि भद्रौ १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । हाल देशव्यापी रुपमा फैलिरहेको आँखासम्बन्धी रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकोले विद्यालय बन्द गर्न लागेको मेयर दिपक कुमार रिसालले बताए । 

उनका अनुसार उक्त रोगको प्रत्यक्ष असर विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुमा देखिएकोले नगरभित्रका शैक्षिक संस्थाहरु भद्रौ १ गतेसम्म बन्द गर्ने निर्णय गरिएको हो ।

टिप्पणीहरू