राणाकी छोरी भित्र्याएको रवाफ

राणाकी छोरी भित्र्याएको रवाफ

स्वास्थ्यमन्त्री मोहन बस्नेतले आरजु म्याडमको आडमा बबण्डर मच्चाएका छन् । कर्मचारीलार्ई सम्झाएर काममा पठाउनुको साटो डन शैलीमा थर्काउन थालेका छन् । आत्महत्या गर्नेलाई आफैँ डोरी दिने भिडियो अहिले भाइरल छ । राणाकी छोरी बिहे गरेको हुँदा राणाको रवाफ देखाउँछन् । 

अरू डन, म महाडन, समायोजन नमिलेका कर्मचारीलाई फिर्ता पठाउँदा पीडितहरू मन्त्रालयको प्रांगणमा आए पुलिस लगाएर लखेट्छु । पुलिसबाट सम्भव नभए आफूसँग भएका केटा ल्याएर सबैलाई तह लगाउने तागत मसँग छ भनेर कर्मचारीलाई तर्साउने गर्छन् । 

मोहन बस्नेतले गगन थापाको कर्मचारी थापाको कर्मचारी, पत्रकार भनेर सबैको गोप्य अभिलेख राखेका छन् । कुनै पनि फाइदा दिँदा बरु कम्युनिष्टलाई दिनु, गगनको मानिसलाई नदिनु भन्ने गोप्य निर्देशन छ । 

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा विभागको महानिर्देशक सबैभन्दा आकर्षक पद हो । हाल दिपेन्द्ररमण सिंहले त्यसमा काम गरिरहेका छन् । आरजु राणा डा. संगिता मिश्रालाई महानिर्देशक बनाउन तयार छिन्, त्यसमा डा. आरपी बिच्छाको पनि सिफारिस छ । अर्कोतर्फ डा. विकास देवकोटाको नाम पनि आएको छ ।

बस्नेतमा अति जान्ने भन्ने घमण्ड छ । सम्बन्धित विशेषज्ञका कुरा पनि ध्यानपूर्वक सुन्ने धैर्यता छैन । पत्रकार सम्मेलनमै अर्थमन्त्रीजस्तो खरिदारलाई बजेट बनाउन दिने मन्त्री म होइन, जे गर्छु आफैँ गर्छु भनेर सबैको अगाडि मपाइँत्व देखाए । भक्तपुर क्यान्सर अस्पतालको निर्देशक परिवर्तन गरे तर सर्वोच्च अदालतले पहिलाको निर्देशकलाई नै काम गर्न आदेश दियो ।

काजमा बसेका कर्मचारी फिर्ता गर्ने निर्णय गरे, सबैभन्दा बढी काजमा स्वास्थ्य मन्त्रालयमै छन् । बालरोग विशेषज्ञलाई योजना प्रमुख बनाएका छन् । अर्थोपेडिक सर्जनलाई महामारी नियन्त्रण महाशाखाको जिम्मेवारी दिएका छन् । यसरी सेवा समूह नमिलेका पद दरबन्दीमा पदस्थापना भएका धेरै छन् । सात बुँदे निर्णय पनि विवादमा पर्ने निश्चित छ । उक्त निर्णयविरुद्ध सम्मानित अदालतमा रिट परेको छ । 

मन्त्रालय आएको पहिलो हप्ता मन्त्रालयको गेटबाट युट्युबेसहित अनुगमनमा गएका उनले स्वास्थ्य सेवा विभागको केही शाखा अनुगमन गरे । कुनै बेला पिए दीपक दुलालमार्फत गोप्य अनुगमन गरे । निजी अस्पताल ह्याम्सलगायतमा पनि युट्युबे लिएर अनुगमन गरिटोपले । यतिले नपुगेर केही दिनअघि औषधि पसलमा दलबलसहित मन्त्री आफैँ पुगेको भिडियो भाइरल भयो । उक्त दिन फार्मेसी पढ्दै इन्टर्न गरेको जनशक्ति लिएर अनुगमन गर्न गएका थिए । ऐनअनुसार औषधि व्यवस्था विभागको जनशक्तिले मात्र निश्चित मापदण्ड आचारसंहिताको आधारमा अनुगमन गर्न सक्छ ।

बजार अनुगमन गर्ने सजिलो विषय होइन यो । अझ औषधि अनुगमन गर्न जिल्ला प्रशासनलाई परिपत्र गरेका छन् । महानिर्देशक ढकालको उक्साहटमा मन्त्रीलाई पसलमा लगेर भाइरल बनाउने काम भएको छ । ढकाल कहिले औषधिको मूल्य बढाएर व्यापारीबाट ठूलो रकम असुल गर्छन्, कहिले भारत–चीन कम्पनी निरीक्षण गर्ने निहुँमा घुमिरहन्छन् । अहिले पनि अनुगमनको हौवा देखाएर पसल मालिकबाट कोशेली झार्ने नाटक हो । 

स्वास्थ्य मन्त्रालयमा कर्मचारी समायोजन लालबाबु पण्डित र उपेन्द्र यादवको पालामै बिग्रेको हो, जुन यथावत छ । कर्मचारीलाई फिर्ता फठाएर भाइरल हुने चाहना संघीय मन्त्रालयको पत्रले धोती लगाइदिएको छ । मन्त्रालयमा कुनै पनि कर्मचारीसँग राम्रो सम्बन्ध छैन । 

खगराज अधिकारीको पालामा सुधन ज्ञवालीले विश्व स्वास्थ्य संगठनको तलबबाट प्रेस सल्लाहकारको काम गरे । भानुभक्त ढकालको पालामा माधव तिवारीले मन्त्रीको महिमा गाए । अहिले रामचन्द्र दुलालले पनि मन्त्रालयको प्रतीक्षालयलाई आफ्नो कोठा बनाएका छन् । 

उता, गगन थापाको पालामा ल्याएको बिमा कार्यक्रम अस्तव्यस्त भएको छ । बिमाको दरबन्दी संरचना सोधभर्ना अनुगमनलगायत विषयमा मन्त्रीलाई मतलव छैन । 
 

टिप्पणीहरू