एमालेलाई विश्वप्रकाशको प्रश्न - सत्तापक्षका सांसदले कहाँ गएर बोल्ने ?

एमालेलाई विश्वप्रकाशको प्रश्न - सत्तापक्षका सांसदले कहाँ गएर बोल्ने ?
सुन्नुहोस्

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद अवरुद्ध भएकोप्रति असन्तुष्टि जनाएका छन् । 

आज जारी प्रतिनिधिसभा बैठकमा उनले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन् । ‘संसद प्रतिपक्षी दलको हो, उनीहरुको आवाज सरकारले गम्भीर रुपले लिनुपर्छ । उनीहरुले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ सांसद शर्माले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’ 

संसद अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताका सबै काण्डको छानबिन गर्नुपर्ने बताए । सरकारले थालेका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन गरेकाले सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

टिप्पणीहरू