काण्डैकाण्डमा मुछिएका एसपीलाई काखी च्यापियो

काण्डैकाण्डमा मुछिएका एसपीलाई काखी च्यापियो

सशस्त्र प्रहरी बल, नेपालका आइजी राजु अर्यालले एक जना विवादित एसपीलाई काखी च्यापेपछि अन्यले असन्तुष्टि जनाएका छन् । इन्टेलिजेन्सतर्फका सेकेण्ड म्यान विकास घिमिरेका लागि आइजीले एसएसपीको बढुवा प्रक्रिया नै रोकेको गुनासो छ ।  

हाल १२ जना एसपीको बढुवा गर्न लागिएकोमा विकास १४ नम्बरमा छन् । उनी यसअघि कारबाहीमा परिसकेका अधिकृत हुन् । मिशनका लागि लाइबेरियाको मोन्ररोभिया जाने क्रममा उनले कमाण्डरलाई हत्तु खेलाएका थिए । सशस्त्रले गोपाल गुरुङ्गको नेतृत्वमा उनीहरुलाई केही वर्षअघि विदेश पठाएको थियो । 

विकास दम्पत्ती नै सो मिशनमा खटिएका थिए । बृटिश लाहुरेका छोरा गुरुङ्ग निकै सोझा थिए भने विकास एकदमै चलाख । यी दुईले मिलेर आफ्नै भान्छे केटीलाई कच्याककुचुक गरेको भन्दै हेडक्वार्टरमा पोल लगाएपछि गुरुङ्गमाथि कारबाही गर्न लागिएको थियो । 

तर,अन्यले विकासले चाँहि गुरुङ्गलाई लखेटेर आफैं निमित्त कमाण्डर बन्न खोजेको बताएपछि हेडक्वार्टरले छानबिन समिति गठन गर्यो । अनुसन्धानको क्रममा विकास दम्पत्तीको बद्नियत पुष्टि भएपछि कोषराज वन्तको आदेशमा काठमाडौं विमानस्थलमा टेक्नासाथ बुढाबुढीलाई सचेत र नसिहतको पुर्जी थमाइएको थियो । 

"घर जान लागेका विदुर भन्छन्,‘गल्ती पत्ता लगायो,कारबाही हुँदैन । अनि कुन उत्साहले काम गर्ने ! ’

एसपी गुरुङ्ग समुद्र किनारमा बसेर बियर तानिरहनुपर्ने बिन्दास स्वभावका  थिए भने विकासकी श्रीमती सशस्त्र प्रहरी अस्पतालमा कार्यरत छिन् । पोखराको लामपाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा राजु एसएसपी हुँदा विकास उनको मातहत थिए । उनले त्यतिबेलादेखि नै हाकिमलाई चुक्ली लगाएर अन्यलाई अप्ठेरोमा पार्दै आएका हुन् । अहिले पनि यो क्रम जारी नै छ । अरुको कुरा लगाउन माहिर भएकै कारण उनको जागिर जातेजाते बचेको छ । 

उता,बाँकेको ब्यारेक बेच्ने एसपी जनकराज बस्नेतमाथि सख्त कारबाही गर्न डिआइजी विदुर खड्काले पठाएको प्रतिवेदन रद्धीको टोकरीमा मिल्काएर उनलाई कुरिनटारको हाकिम बनाइएको छ । घर जान लागेका विदुर भन्छन्,‘गल्ती पत्ता लगायो,कारबाही हुँदैन । अनि कुन उत्साहले काम गर्ने ! ’

 

उता,राशन घोटालामा मुछिएपछि दार्चुलाबाट हेडक्वार्टर तानिएका सशस्त्र प्रहरीका एसपी त्रिभुवन बिष्ट टिकापुरस्थित तालिम शिक्षालयको प्रमुखमा नियुक्त भएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गण प्रमुखका रुपमा कार्यरत बिष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन घोटाला गरेको आरोप लागेपछि उनलाई मुख्यालय झिकाएर छानबिन थालिएको थियो । 

प्रहरीको राशन रकम खल्तीमा हालेको आरोप लागेका व्यक्तिले दिने शिक्षा कस्तो होला ? गम्भीर प्रश्न उठेको छ । ‘आफैं काण्डमा मुछिएको व्यक्तिले के शिक्षा दिन्छ ? त्यस्ताले सशस्त्रको जनशक्ति उत्पादन गर्ने रे । के नैतिक शिक्षा पढाउँछ ?’, एक जना एआइजीले आक्रोशित हुँदै भने । 

उता,कारबाहीनिम्ति पर्साबाट तानिएका तेजप्रसाद पोखरेलसमेत बन्दीपुरे नेवार ससुरालीको नाता लगाउँदै एसएसपी बन्न कुदिरहेका छन् । स्वच्छ छविका राजु अर्याललाई यस्ता यावत सन्तानहरुको व्यवस्थापन नगरिनहुने बाध्यता छ ।

टिप्पणीहरू