एडिनोको प्रकोप बढेपछि भरतपुरका विद्यालय पाँच दिनका लागि बन्द

एडिनोको प्रकोप बढेपछि भरतपुरका विद्यालय पाँच दिनका लागि बन्द

आँखा पाक्ने रोग (एडिनो भाइरस) को प्रकोप बढ्दै गएपछि चितवनको भरतपुर महानगरपलिकाका विद्यालयहरु पाँच दिनसम्म बन्द हुने भएका छन् । 

महानगरपालिकाले जोखिम न्यूनीकरणका लागि विशेषज्ञहरुसँग परामर्श गरेर भोलिदेखि साउन २६ गतेसम्म मातहतका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

वर्षे बिदाबाट मिलान गर्ने गरी विद्यालयका कुनै पनि शैक्षिक गतिविधि नगर्ने गरी पाँच दिनका लागि विद्यालय बिदा गर्ने निर्णय गरिएको महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

टिप्पणीहरू