पाकिस्तानमा मनाइयो आँप महोत्सव (फोटो फिचर)

पाकिस्तानमा मनाइयो आँप महोत्सव (फोटो फिचर)

पाकिस्तानमा आँप महोत्सव मनाइएको छ । राजधानीमा गत शुक्रबारदेखि शुरु भएको तीन दिने आँप महोत्सव हिजो सम्पन्न भएको हो । 

महोत्सवमा विभिन्न जातका आँप प्रस्तुत गरिएको थियो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार विशेषगरी सिन्ध्री, लाङ्ग्रा, चौसालगायत आँप प्रदर्शनीमा राखिएको थियो ।

आयोजकले आँपका विशेषता, उत्पादन, त्यसपछिको व्यवस्थापन, बजारीकरणबारे जानकारी दिएका थिए । विश्व बजारमा पाकिस्तानी आँपलाई अझ बढी बिस्तार गर्न महोत्सव सहायक हुने बताइएको छ ।

स्रोत : सिन्ह्वा ।

 

टिप्पणीहरू