भारतले बाँध खोलेपछि महाकालीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

भारतले बाँध खोलेपछि महाकालीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिदिएको छ । बाँधको ढोका खुलेपछि महाकाली नदीमा बाढी आएको छ । 

भारतले बिहान सबेरै बाँध खोलेपछि आएको बाढीले भारततर्फ एक घर बगाएको छ । नेपालतर्फको बैतडी र दार्चुलाका नदी किनारका बस्तीमा समेत क्षति पुग्ने सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । 

महाकाली नदीमा पानीको सतह र बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय, बैतडी र दार्चुलाले नदी किनार बासिन्दालाई सजग र सतर्क रहन आग्रह गरेको छ । भारतले राति ८ बजेसम्म बाँधको ढोका खोल्ने जनाइएको छ ।

भारतले हरेक वर्ष वर्षायाममा बालुवा सफा गर्न बाँधका ढोका खोल्ने गर्छ । यसअघि २०७० असार २ र ३ गते बाँधको ढोका खोलेपछि दार्चुला सदरमुकाम वरपरका सयभन्दा बढी घर बगेको थियो ।

टिप्पणीहरू