हाकिमसहित आठ जना मिलेर साढे ६ लाख भ्रष्टाचार

हाकिमसहित आठ जना मिलेर साढे ६ लाख भ्रष्टाचार

हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानीको ट्यांकी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा शाहीसहित इञ्जिनियर मानबहदुर ऐडी, प्राविधिक सहायक गोवर्धन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली–२ का वडाध्यक्ष हरिहर उपाध्याय, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटाविरुद्ध मुद्दा दायर गरेको छ । 

उनीहरुको आपसी मिलोमतोमा आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्यांकी निर्माण गर्न विनियोजन गरिएको रकम ट्यांकी नै निर्माण नगरी फर्जी बिल भरपाई पेश गरी भुक्तानी गरेको देखिन आएको हो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम ६ लाख ४८ हजार ७८६ रुपैयाँ बिगो कायम गरी उनीहरुविरुद्ध आज मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू