वीर अस्पतालमा जनरल बेड निःशुल्क

वीर अस्पतालमा जनरल बेड निःशुल्क

वीर अस्पतालमा रहेका जनरल बेडका लागि अब शुल्क तिर्न नपर्ने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्को बैठकले जनरल बेड निःशुल्क उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । 

योसँगै अब बिरामीले निःशुल्क जनरल बेड पाउने भएका छन् । यो निर्णय आजबाटै लागु गरिएको परिषद्ले जनाएको छ ।

अस्पतालमा सात सय वटा जनरल बेड छ । यसअघि अस्पतालले प्रति बेडको दुई सय रुपैयाँ शुल्क लिने गरेको थियो । बेड निःशुल्क गर्दा लाग्ने खर्च सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने निर्णयमा उल्लेख छ ।

टिप्पणीहरू