सुदूरपश्चिमका मन्त्रीको भोलि अन्तिम सँस्कार , छोरा आज बल्ल विदेशबाट आइपुग्दै

सुदूरपश्चिमका मन्त्रीको भोलि अन्तिम सँस्कार , छोरा आज बल्ल विदेशबाट आइपुग्दै

मंगलबार दिउँसो सवारी दुर्घटनामा बितेका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको अन्तिम दाहसंस्कार भोलि मात्रै हुने भएको छ । बुधवार प्रदेशको अस्थायी राजधानी धनगढीको रंगशालामा उनको शव राखेर श्रद्धाञ्जली दिइएको थियो । बुधवार नै प्रदेशमा सार्वजनिक बिदा समेत दिइयो  ।

मन्त्री सवार सवारी दुर्घटनामा श्रीमती अमृतादेवी र भाउजू जयादेवीको पनि निधन भएको छ । उनीहरुको शव बुधवार धनगढीबाट ल्याएर बझाङ अस्पतालमा राखिएको छ । दाहसंस्कार भने भोलि मात्रै सक्ने योजना छ ।

यता प्रदेश सरकारले उक्त दुर्घटनाबारे छानबिन गर्न कमिटी गठन गरेको छ । कमिटीले दुर्घटनामै निधन भएको हो अन्य केही कारण लुकेको छ भन्नेबारे छानबिन गर्नेछ । बझाङ मन्त्री सिंहको गृहजिल्ला हो । सवारी दुर्घटना पनि बझाङमै दिउँसो भएको थियो । मृत घोषणा कोहलपुर शिक्षण अस्पताल पुर्याइएपछि गरिएको थियो ।

आर्मीको जागिर छाडेर संयुक्त राष्ट्र संघको सेवामा गएका उनी आज दिउँसो १२ बजे काठमाडौं आइपुग्ने पारिवारिक स्रोतले बताएको छ । त्यसपछि धनगढी हुँदै बझाङ पुग्नेछन् । भाेलिकाे दाहसंस्कारलाई उनी बिदा मिलाएर आज आइपुग्न लागेका हुन् ।

नेपाली काँग्रेस बझाङले दिवंगत मन्त्रीको शवयात्रा भोलि बिहान ९ बजे जिल्ला अस्पतालबाट शुरु भएर चैनपुर बजारमा गर्न लागेको छ । त्यसपछि बिहान ११ बजे पार्टी कार्यालयमा श्रद्धाञ्जली व्यक्त गरिने जानकारी दिइएको छ ।

यता,मन्त्री दम्पतीको छोरो नेपाली सेनाका पूर्वमेजर हुन् । आर्मीको जागिर छाडेर संयुक्त राष्ट्र संघको सेवामा गएका उनी आज दिउँसो १२ बजे काठमाडौं आइपुग्ने पारिवारिक स्रोतले बताएको छ । त्यसपछि धनगढी हुँदै बझाङ पुग्नेछन् । भाेलीकाे दाहसंस्कारलाई उनी बिदा मिलाएर आज आइपुग्न लागेका हुन् ।

 अधिकांश हुनेखानेका सन्तान सम्पन्न मुलुकमा र आर्थिक अवस्था,प्रभाव र पहुँच कमजोर भएका निमुखाहरुलाई मध्यपूर्व र मलेसियामा केन्द्रित हुने बाध्यताका कारण परिवारका सदस्यको मरणमा नेपाली समाजमा ठूलो संकट देखिन थालेको छ । छोराछोरी विदेशमा हुँदा आमाबाबुलाई बाँच्दा पनि उत्तिकै गाह्रो छ । अर्कोतर्फ अभिभावक बितेपछि विदेशमा रहेका छोराछोरीलाई स्वदेशमा आउन त्योभन्दा झन् गाह्रो हुने गरेको छ ।

टिप्पणीहरू