मर्ज हुन चाहने क्याम्पसका लागि निवेदन आह्वान

मर्ज हुन चाहने क्याम्पसका लागि निवेदन आह्वान

त्रिभुवन विश्वविद्यालयले एक आपसमा गाभिई समायोजन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसलाई आगामी असार मसान्तसम्म निवेदन दिन सूचना गरेको छ । 

आज सूचना प्रकाशित गर्दै त्रिविले सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जानकारी गराएको हो । मर्ज हुन चाहेमा ती क्याम्पसले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजना हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिनुपर्ने त्रिविले बताएको छ । 

त्यस्तै, निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसले बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको खरिद पनि पेश गर्नुपर्ने छ ।

टिप्पणीहरू