भारतले गर्यो नयाँ मिसाइल परीक्षण, पूरै पाकिस्तान र चीनमा पुग्नसक्ने दाबी

भारतले गर्यो नयाँ मिसाइल परीक्षण, पूरै पाकिस्तान र चीनमा पुग्नसक्ने दाबी

भारतले नयाँ र उन्नत प्रविधिको मिसाइल परीक्षण गरेको छ । उसले ओडिशाको तट नजिकैको एपीजे अब्दुल कलाम टापुबाट ‘अग्नि प्राइम’ मिसाइलको परीक्षण गरेको हो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार थप आणविक क्षमताको मिसाइल अग्नि शृंखलाको नयाँ पुस्ता हो । ‘अग्नि प्राइम’ ले १ देखि २ हजार किलोमिटरसम्मको लक्ष्यलाई अचुक निशाना लगाउनसक्ने भारतीय दाबी छ ।

नयाँ पुस्ताको हलुका यो मिसाइललाई रेल वा सडकमार्गमा विशेष सैन्य वाहनहरूबाटै प्रक्षेपण गर्न सकिने भारतीय रक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यो हतियारले प्रशान्त क्षेत्रमा विशेषगरी युद्धको अवस्थामा चिनियाँ जहाजमाथि आक्रमण गर्न निकै महत्वपूर्ण भूमिका खेल्नेछ । समग्रमा, अग्नि प्राइमलाई रक्षा अनुसन्धानमा भारतले नयाँ कोसेढुङ्गाको रूपमा लिएको छ ।’

भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कका अनुसार अग्नि–५ मा दुई प्रकारका नेभिगेसन प्रणालीको प्रयोग गरिएको छ । जसमा रिङ इनर्शियल नेभिगेसन वा नवीकरणीय पहिचान नम्बर र दोस्रो माइक्रो नेभिगेसन प्रणाली वा खुफिया र राष्ट्रिय सुरक्षा मन्त्रालय समावेश छ । यसले अधिकतम १ हजार ५ किलोग्राम आणविक बम बोक्न सक्ने र मर्मत खर्च पनि निकै कम भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू