समकक्षीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवनमा

समकक्षीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता भएको छ ।

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्रीले आज अपरान्ह राष्ट्रपति भवनमा राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ भोलि मध्यप्रदेशको भ्रमणमा जाने कार्यक्रम छ ।

हिजो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड पर्सि अपरान्ह स्वदेश फर्कने तालिका छ ।

टिप्पणीहरू