विश्वकीर्तिमानी सगरमाथा आरोहीलाई माओवादीको सम्मान

विश्वकीर्तिमानी सगरमाथा आरोहीलाई माओवादीको सम्मान

नेकपा माओवादी केन्द्रले दुवै कृत्रिम गोडाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ ।

पार्टी मुख्यालय, पेरिस डाँडामा आयोजत कार्यक्रममा बुढामगरलाई सम्मानपत्रसहित खादा ओढाइएको छ । 

पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले अपाङ्गता भएका व्यक्तिहरुको टिमले विश्वमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियानमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको  बताइएको छ ।

हरिले जेठ ५ गते दुवै कृत्रिम गोडाको सहायतामा सगरमाथाको सफल आरोहण गरेर विश्वकीर्तिमान राखेका हुन् ।

टिप्पणीहरू