जासुस प्रमुख हुतराजको अमेरिकाबाट आगमन,समिम मियाँको फेरि बिदेश गमन

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी फेरि दुबई गएका छन् । उनी हिजो राति साढे १० बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५७६ मा संयुक्त अरब इमिरेट्सको दुबई उडेका हुन् भने
यसअघि वैशाख १७ गते त्यता गएर एक सातापछि फर्केका थिए ।
आजै बिहान राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा दोहाबाट आएका छन् ।
थापा परिवारसहित वैशाख १९ गते अमेरिका गएका थिए ।
टिप्पणीहरू