अमेरिका पुगेका तीन तारे जर्नेल स्वदेश फिर्ता

अमेरिका पुगेका तीन तारे जर्नेल  स्वदेश फिर्ता

अमेरिका गएका नेपाली सेनाका तीन तारे जर्नेल सीताराम खड्का स्वदेश फर्केका छन् । खड्का आज साँझ कोरिया हुँदै काठमाडौं आइपुगेको बताइएको छ ।

एसोसिएसन अफ द युनाइटेड स्टेट्स आर्मीद्वारा आयोजित प्रशान्त क्षेत्रका स्थल सेनासम्बन्धी कार्यक्रममा सहभागी भएर खड्का फर्केका हुन् । दुई सदस्यीय टोली कोरियन एअरलाइन्सको उडानमा सिओल हुँदै आज साँझ साढे ६ बजे काठमाडौं आइपुगेको हो ।

खड्का नेतृत्वको टोली ‘ल्याण्ड फोर्स अफ दि प्यासिफिक सिम्पोजियम एण्ड एक्सपोजिसन’ कार्यक्रममा सहभागी हुन वैशाख २९ गते त्यता गएको हो । टोली अमेरिका जाँदा पनि कोरियन एअरको उडानमा सिओल हुँदै गएको थियो ।

टिप्पणीहरू