युक्रेनलाई लडाकू विमान दिन अमेरिका तयार

युक्रेनलाई लडाकू विमान दिन अमेरिका तयार

जापानको हिरोशिमामा हिजोदेखि विश्वका ठूला धनी राष्ट्रहरुको संगठन जी ७ को बैठक प्रारम्भ भएको छ । अमेरिकी राष्ट्रपतिसहित बैठकमा जापान, बेलायत,इटाली,क्यानाडा,फ्रान्स, जर्मनी र युरोपेली युनियनका सरकार प्रमुखहरुले भाग लिएका छन् ।

सोही क्रममा बैठककोे पहिलो दिन हिजो अमेरिकाले युक्रेनलाई लडाकू विमान दिने र एफ सिक्सटिन लडाकु विमान उडाउन युक्रेनी पाइलटलाई प्रशिक्षण दिने घोषणा गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको उक्त निर्णयको स्वागत गरेका छन् । यसबारे जेलेन्स्कीले हिरोशिमामा उक्त सम्मेलनका नेताहरुसँग भर्चुअल छलफल गर्ने जनाइएको छ । जेलेन्स्कीले केही समयअघि जी ७ का सदस्य राष्ट्रहरुको भ्रमण गर्दै सैन्य सहयोग माग्दै आएका थिए । 

जी ७ भने पनि जापानको हिरोशिमामा अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक आइल्याण्डस, भारत, इण्डोनेसिया, कोरिया र भियतनामका नेताहरुसमेत पुगेका छन् । कोमोरोस अफ्रिकन युनियनको अध्यक्ष राष्ट्र, कुक आइल्याण्ड्स प्रशान्त महाद्विप मञ्चको अध्यक्ष, भारत जी २० को अध्यक्ष मुलुक र इण्डोनेसिया आसियानको वर्तमान अध्यक्ष भएकाले नाताले आमन्त्रण गरिएको बताइएको छ ।
 

टिप्पणीहरू