लिबियामा तैनाथ शान्ति सेनाको डफ्फा हेरफेर

लिबियामा तैनाथ शान्ति सेनाको डफ्फा हेरफेर

नेपाली सेनाले ‘युनाइटेड नेसन सपोर्ट मिसन इन लिबिया’ मा तैनाथ सैनिकहरुको अदलाबदली गरेको छ । 

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि लिविया गएको श्री स्पेसल गार्ड युनिट चौथो डफ्फाको टोलीको स्थानमा सेनाले पाँचौं डफ्फा पठाएको छ । 

सेनानी रामेश्वर कार्कीको नेतृत्वमा पाँचौ डफ्फाको ११५ जना शान्ति सेनाको अन्तिम टोली नेपाल एअरलाइन्सको विमानमा हिजो त्यसतर्फ प्रस्थान गरेको हो । प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा खटिएको उक्त युनिटका ११५ जना सैनिक मिसन इलाका पुगिसकेको सेनाले जनाएको छ । 

त्यस्तै, उक्त मिसनमा तैनाथ चौथो डफ्फाका ११५ जना शान्ति सैनिकहरु सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा आज स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

टिप्पणीहरू