दशकअघिको अनुदान माग्दै उखु किसान माइतीघरमा

दशकअघिको अनुदान माग्दै उखु किसान माइतीघरमा

कपिलवस्तुका उखु किसानहरुले राजधानीको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका छन् । आर्थिक वर्ष २०७१–७२ मा सरकारले प्रति क्विण्टल २५ रुपैयाँ अनुदान दिने निर्णय गरेपनि हालसम्म नपाएपछि उनीहरु आन्दोलित भएका हुन् । 

कपिलवस्तु उखु किसान संघर्ष समितिको आयोजनामा गरिएको प्रदर्शनमा झण्डै दुई दर्जनको सहभागिता छ । समिति अध्यक्ष अनुपकुमार चौधरी, सदस्य तुलसीराम छेप्य, रामलाल कुमारलगायतले हालसम्म प्राप्त नभएको अनुदान रकम अविलम्ब ब्याजसहित प्रदान गर्न माग गरेका हुन् ।

सरकारले तोकेकोभन्दा कम मूल्यमा चिनी मिलहरुले उखु खरिद गर्ने गरेको गुनासो उनीहरुको छ । चिनी मिलले कटौती गरेको रकम पनि उपलब्ध गराइदिन आग्रह गरेका छन् । प्रदर्शकारीले तत्काल उखुको नयाँ मूल्य निर्धारण गर्नुपर्ने माग अघि सारेका छन् । 

उखु किसानलाई अनुदानको व्यवस्था मिलाउन, कृषि उपजमा सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनिवार्य रुपमा पाउने व्यवस्था गर्न र सहुलियत दरमा कृषक स्वयंले ट्याक्टर खरिद गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको बताइएको छ ।

टिप्पणीहरू