राष्ट्रपतिलाई दबाब दिएका छैनौं : सञ्चारमन्त्री शर्मा

सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई दबाब नदिएको प्रष्ट पारेको छ । 

अघिल्लो संसद्ले दुईपटक पारित गरेको उक्त विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श सुरु गरेपछि सरकारले दबाब दिएको भन्ने विषय सार्वजनिक भएको विषयलाई खण्डन गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।

आजको क्याबिनेट बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सरकारले राष्ट्रपतिलाई दबाब दिएको भन्ने विषय गलत भएको दाबी गर्नुभयो । कानुनी परामर्श गर्ने राष्ट्रपतिको अधिकारको विषय भएकाले सरकारले अन्यथा भन्न नमिल्ने उहाँको भनाइ छ ।

संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिले त्यसै अड्काइदिएपछि वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने राजनीतिक तथा कानुनी बहस जारी छ ।
 

टिप्पणीहरू