न्युजिल्याण्डकी भूतपूर्व प्रधानमन्त्री काठमाडौंमा

न्युजिल्याण्डकी भूतपूर्व प्रधानमन्त्री काठमाडौंमा

न्युजिल्याण्डकी भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्क काठमाडौं आइपुग्नुभएको छ । उहाँ बंगलादेशको राजधानी ढाका हुँदै मध्यान्ह काठमाडौं आइपुग्नुभएको हो ।

उहाँ विमान बंगलादेशको उडान नम्बर बीजी ३७१ मा पौने १२ बजे काठमाडौं ओर्लनुभएको थियो । भूतपूर्व प्रधानमन्त्री क्लार्क सगरमाथा सफल आरोहणको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन आउनुभएको बुझिएको छ ।

७३ वर्षीया क्लार्क न्युजिल्याण्डकी ३७ औं प्रधानमन्त्री हुनुहुन्थ्यो ।  सन् १९९९ देखि सन् २००८ सम्म मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेपछि सन् २००९ देखि सन् २०१७ सम्म युएनडीपीको प्रशासक बन्नुभयो । क्लार्क मुलुकको दोस्रो महिला प्रधानमन्त्री हुनुका साथै सबैभन्दा लामो समयसम्म उक्त पदमा रहनुभयो ।

न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेले सन्  १९५३ मे २९ का दिन सगरमाथाको सफल आरोहण गरेका थिए । सोही अवसरमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउने गरिन्छ ।

टिप्पणीहरू