प्रहरीलाई कोभिडको बुस्टर डोज दिने तयारी

प्रहरीलाई कोभिडको बुस्टर डोज दिने तयारी

नेपाल प्रहरीको प्रधान कार्यालय परिसर, नक्सालमा कार्यरत कर्मचारीलाई कोरोनाविरुध्दको बुस्टर डोज खोप लगाइने तयारी छ । खोप भोलि बिहान साढे १० बजेदेखि लगाइने छ ।

प्रहरीका अनुसार हेडक्वार्टरमा कार्यरत सम्पूर्ण कर्मचारी र विपद् व्यवस्थापन महाशाखा,सशस्त्र गण नम्बर १, केन्द्रीय विपद् कार्यदल, कपनमा कार्यरत कर्मचारीहरुलाई खोप लगाउन लागिएको हो ।

प्रधान कार्यालयको खेलकुद मैदानमा कोभिड–१९ विरुध्दको बुस्टर डोज खोप (बुस्टर १, बुस्टर २) लगाउन जाँदा प्रहरीले यसअघि लगाइएको खोप कार्ड बोक्नै पर्नेछ ।

टिप्पणीहरू