स्ट्रबेरी खेतीमा अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग

स्ट्रबेरी खेतीमा अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग

चीनले स्ट्रबेरी खेतीमा अत्याधुनिक प्रविधिको प्रयोगपछि उल्लेख्य सफलता प्राप्त गरेको छ । स्ट्रबेरीको बिरुवा उत्पादन, खेती र बजार वितरणसम्म प्रयोग भएको प्रविधि प्रयोगले उत्पादनमा नसोचेको परिणाम प्राप्त भएको हो ।

चीनको आन्हुई प्रान्तको चाङफुङ काउण्टीमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्ट्रबेरी खेती गरिएको छ । अहिले चीनको सबैभन्दा ठूलो स्ट्रबेरी खेती क्षेत्र बनेको चाङफुङलाई ‘स्मार्ट कृषि क्षेत्र’ भनिएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार इन्टरनेट र उच्च प्रविधिको प्रयोगपछि विगतमा भन्दा ३० प्रतिशत उत्पादन बढेको हो । यसबाट गुणस्तरमा समेत उल्लेख्य नतिजा निस्केको बताइन्छ । उक्त काउण्टीमा मात्रै पछिल्ला दिनमा ३ लाख ५० हजार टन स्ट्रबेरी उत्पादन हुन थालेको छ ।

इन्टरनेटको सहयोगमा स्मार्ट स्ट्रबेरी खेतीमा सिचाइँ, मल, विरुवा उत्पादन, गोडमेल, फल टिप्ने सबै काम मेशिनले गर्छ । यो कार्य सन् २०२१ बाट शुरु भएको हो । उक्त काउण्टीमा ८० हजार स्ट्रबेरी खेती गर्ने किसान छन् । इन्टरनेट र अत्याधुनिक प्रविधिको प्रयोगमा गर्न थालिएको खेती, उच्च सफलता र आम्दानीबाट स्थानीय किसानको आर्थिक समृद्धि ह्वात्तै बढेको छ ।

स्रोत : सिन्ह्वा 

टिप्पणीहरू