स्वास्थ्य मन्त्रालयले सिकायो हात धुने तरिका

स्वास्थ्य मन्त्रालयले सिकायो हात धुने तरिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा रोगको संक्रमणबाट बच्न हात धुने तरिका सिकाएको छ । 

आज विश्व हात स्वच्छता दिवसका अवसरमा मन्त्रालयले कोभिड–१९ र अन्य संक्रमणबाट बच्न कम्तीमा २० सेकेण्डसम्म साबुन पानीले मिचीमिची हात धुनुपर्ने बताएको हो ।

मन्त्रालयका अनुसार साबुन पानीले ६ चरणमा हात धुनु सही तरिका हो । हात धुँदा हत्केलाले हत्केलालाई मिच्ने, दाहिने हत्केलाले देब्रे हत्केलाको माथिल्लो भाग मिच्ने र देब्रे हत्केलाले हातको माथिल्लो भाग मिच्नुपर्छ । 

त्यसपछि औलाको भित्री भाग अर्को हत्केलाको औलाले मिच्ने, औलाको पछाडिको भागलाई अर्को हातको हत्केलाभित्र हाली मिच्ने, हत्केलाले बुढीऔला समातेर मिच्ने र औलाको टुप्पोले दाहिने र देब्रे हत्केलाका बीच भागमा पारी मिच्नुपर्ने मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू