टिकटकको प्रयोग बढेकोमा प्रधानमन्त्रीको चिन्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय बौद्धिक बिषयमा छलफल गर्नुको सट्टा मानिसहरु युट्युब र टिकटकतिर लागेको भन्दै चिन्ता जनाउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभालाई आज काठमाडौँमा सम्वोधन गर्दै प्रधानमन्त्रीले या बिषयलाई गम्भिरतापूर्वक लिएर हस्तक्षेप बढाउनुपर्ने समेत बताउनुभयो ।
‘अहिले बैचारिक बिषय र त्यस खालका लेख रचनातिर भन्दा सोसल मिडिया, युट्युब र टिकटकतिर लागेका छन, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ', उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई निश्चित बिचार र मान्यतामा अघि बढाउन नसके सिंगै समाज नै दुषित हुने खतरा पनि औल्याउनु भयो । यस बिषयलाई गम्भिरतापूर्वक लिन उहाँले नेता-कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘यस बिषयमा बुद्धीजिवीहरुबाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो संघर्षवाट आएका नेताहरुलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिँदैछ । यो अराजकता रोकिन जरुरी छ', प्रधानमन्त्रीले भन्नुभयो ।
टिप्पणीहरू