भारतले डेढ दर्जन मुलुकसँगको व्यापार भुक्तानी भारुमा गर्ने

भिडियाे : सिन्ह्वा

सम्भावित विश्वव्यापी आर्थिक मन्दीको प्रभाव रोक्न भारत र मलेसियाबीच भारतीय रुपैयाँमा कारोबार गर्ने सहमति भएको छ । उनीहरुबीच हुने आयात निर्यातको रकम भुक्तानी डलरलगायत अन्य विदेशी मुद्राको सट्टा आफ्ना मुद्रामा हुने बताइएको छ ।
 
यसको निम्ति भारतले १८ मुलुकका बैंकलाई अनुमति दिएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार क्वालालम्पुरस्थित इण्डिया इन्टरनेसनल बैंक अफ मलेसियालाई भारतले आफ्नो मुद्रामा अन्तर्राष्ट्रिय व्यपारको हिसाब मिलानको निम्ति अनुमति दिएको छ । यता भारतमा उक्त बैंकसँग कारोबार गर्ने युनियन बैंक अफ इण्डियाले त्यस्तो कारोबारको भुक्तानी व्यवस्थापन गर्नेछ । 

भारत र मलेसियाबीच अघिल्लो आर्थिक वर्षमा १९ खर्ब ४१ अर्ब अमेरिकी डलरको व्यापार भएको थियो । त्यसमा भारतले झण्डै ७ खर्ब डलरको निर्यात र साढे १२ खर्ब डलरको आयात गरेको बताइन्छ । 

भारतले उक्त सुविधा दिएका मुलुकमा बोत्स्वाना, फिजी, जर्मनी, गायना, इजरायल, केन्या, मलेसिया, मौरिसस, म्यानमार, न्यूजिल्याण्ड, ओमान, रुस, सिसेल्स, सिंगापुर, श्रीलंका, तान्जानिया, युगाण्डा र बेलायत हुन् । 

यता इण्डोनेसियामा भएको दक्षिण पूर्वी एसियाली मुलुकका अर्थमन्त्रीहरुको बैठकले पनि आसियानबीच हुने अन्तर्राष्ट्रिय व्यापारमा स्थानीय मुद्राको प्रयोग गर्ने निर्णय भएको छ । उनीहरुले पनि सम्भावित विश्व आर्थिक मन्दीको प्रभाव कम गर्न उक्त निर्णय गरिएको बताइएको छ ।

 

 

टिप्पणीहरू