राष्ट्रपतिको ठाउँमा भट्टराईलाई भिडाउने काँग्रेसको तयारी

राष्ट्रपतिको ठाउँमा भट्टराईलाई भिडाउने काँग्रेसको तयारी

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्य रिक्त भएको तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई अघि सार्ने भएको छ । 

सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेता भट्टराईलाई उम्मेदवार बनाउने निधो गरेको भनिए पनि निर्णय भने भइसकेको छैन । काँग्रेसको प्रभाव क्षेत्र मानिने तनहुँ–१ मा चुनाव लड्न एक दर्जन नेता आकांक्षी छन् । तर, देउवाले चुनावको तयारीमा जुट्न निर्देशन दिइसकेकाले भट्टराई नै उम्मेदवार बन्ने पक्कापक्की रहेको बताइन्छ । 

काँग्रेसले भट्टराईलाई अघि सार्ने निर्णय गरे उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुने सम्भावना छ । गठबन्धनविरुद्ध नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मैदानमा उत्रिने तयारीमा छन् । यी दुबै पार्टीले उम्मेदवार उठाउने पक्का भए पनि अहिलेसम्म नामबारे निर्णय गरिसकेका छैनन् । 

तनहुँ–१, चितवन–२ र बारा–२ मा आगामी वैशाख १० गते उपचुनाव हुँदैछ ।

टिप्पणीहरू